टाउको फुटाउँछु, रगत बगाउँछु : अध्यक्ष प्रचण्ड


राष्ट्रपति बन्ने प्रस्ताव आएको दावी आफूलाई राष्ट्रपति बन्ने प्रस्ताव आएको तर, आफूले अस्वीकार गरेको एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको दाबी छ। माओवादीको युवा संगठन वाईसीएलको केन्द्रीय समिति बैठकमा उहाँले सो दावी गर्नुभएको हो । पेरिसडाँडामा मंगलबार भएको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिले राष्ट्रपति हुनु भनेको जेल जानुजस्तै भएको टिप्पणी भनेर सकेत गर्नुभएको छ । कार्यकारी प्रधानमन्त्री हुँदा पनि आफूले सोचेजस्तो गर्न नसकिएको उहाँको तकइ छ । प्रचण्डले अहिलेको संवैधानिक राष्ट्रपतिलाई जेल जानु जस्तै भएको धारणा राखनुभयो । राष्ट्रपतिको प्रस्ताव आएको हो तर, इन्कार गरेँ । संवैधानिक राष्ट्रपति हुनु भनेको जेलमा जानु जस्तै हो ।उहाँको भनाई हो । उधारो सम्झौता गर्दा गर्दा आफू थाकेको उहाँको भनाई छ । प्रचण्डले अब आन्दोलनमा जाने बताएका चर्काउने बताउनुभयो । पहिलो संविधानसभामा विरोधीहरुले रोइकराई गरेपछि आफू भावुक भएर मात्रै सम्झौता गरेको उहाँको तर्क छ। । आफूले आन्दोलन गर्छुभन्दा धेरैले नपत्याएको भन्दै प्रचण्डले भन्नुभयो ‘नेताहरु सुबिधाभोगी भए, क्रान्ति गर्दैनन् भन्ने लागेको छ, तपाईहरु भनेर पत्याउनुहुन्न, टाउको फुटाउँछु र रगत बगाएपछि मात्र विश्वास गर्नुहुन्छ, यात्रामा भेट्नुहुन्छ ।’ - See more at: http://www.nepaljapan.com/2015/02/03/154856/#sthash.VQaPyCcd.YQYdEhiI.dpuf




प्रतिक्रिया दिनुहोस्...