चीनले ओबामालाई दियो कडा चेतावनी


 चीनले अमेरिकी राष्ट्रपति बराक ओबामाले तिब्बती अध्यात्मिक नेता दलाइलामासँग भेट गर्न लागेकोप्रति गम्भिर आक्रोश ब्यक्त गरेको छ । बेइजिङले ओबामालाई लामाबाट टाढै रहन समेत चेतावनी दिएको हो ।

पटक पटक चीनलाई चिढ्याएर दलाईलामासँग भेटेका ओबामाले यही फेब्रुअरी ५ अर्थात विहीबार दलालाई लामासँग भेट्ने जानकारी सार्वजनिक भएपछि बेइजिङ आगो भएको हो ।

चीनले जतिसुकै आक्रोश ब्यक्त गरेपनि ओबामाले दलाइलामासँगको भेटलाई अहिले सम्म रद्ध गरेका छैनन् ।





प्रतिक्रिया दिनुहोस्...