प्रजातन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना
फोटो :फाइल फोटो
काठमाडौं : पुर्वराजा ज्ञानेन्द्र शाहले ६५ औं प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । बुधबार एक वक्तव्य जारी गर्दै पुर्वराजा शाहले नेपालको संविधान पुर्णरुपमा आएर मूलूकको राज्यव्यवस्थाले स्थिरता र गतिशीलता प्राप्त गरोस् भन्दै प्रजातन्त्र दिवसको शूभकामना दिएका छन् ।
उनले ६४ वर्षअघि प्रजातन्त्र प्रेमी जनता र राजाको समन्वयकारी प्रयासमा नेपालमा प्रजातन्त्र आएको उल्लेख गरेका छन् ।
उनले वक्तव्यमा दलहरुले निषेध, विभेद, अन्यौल, अलमल र कचिगंलमै समय बिताउनू भन्दा राष्ट्रको भूबनोट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर अगाडी बढ्नु नै आजको आवश्यकता बताएका छन् ।
आफ्ना जिजुबुवा त्रिभूवन र नेपाली जनताको साझा पहलमा आएको प्रजातन्त्र राष्ट्रको अलंकार र जनताको भाग्य भविष्यको आधार भएको जनाएका छन् ।
‘तत्कालिन राजनीतिक दलहरु र मेराबीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जति सहमति, समझदारी एवम् व्यवस्थापकीय गतिविधि भएका थिए, तिनको स्मरण गराउन चाहान्छु’, उनले वक्तव्यमा भनेका छन्, ‘त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मूलूकलाई दिगो शान्ति, स्थायीत्व र समृद्धितर्फ अघि बढाउएमात्रै प्रजातन्त्र दिवसको सार्थकता रहन्छ ।’