पोलियो खोप ख्वाउन गएका ४ को हत्या


फोटो :फाइल फोटो
पाकिस्तान:  दक्षिणपश्चिमी पाकिस्तानमा अपहरणमा परेका पोलियो प्रतिरक्षक समूहका चार सदस्यको हत्या भएको छ । उनीहरुको शव फेला परेको बुधबार जानकारी दिइएको छ । 
बलुचिस्तान प्रान्तको जोब जिल्लामा गत शनिबार स्थानीय आतङ्ककारीहरुले पोलियो खोप अभियानका दुई स्थानीय प्रहरी र अर्का एकजना सवारी चालकलाई अपहरण गरेका थिए । 
अझै पनि पोलियो प्रभावित विश्वका तीन राष्ट्रमा पाकिस्तान पनि एक हो । त्यसैले सरकारले त्यहाँ पोलियो खोप अभियान नै सञ्चालन गरेको हो । तर त्यहाँका आतङ्ककारीहरुले भने प्रतिरक्षक समूहमाथि नै सन् २०१२ देखि हत्या गर्न थालेका हुन् ।
त्यसयता हालसम्म भएको आतङ्ककारी आक्रमणमा परी कम्तीमा पनि ७१ व्यक्तिको ज्यान गईसकेको बताइएको छ ।  सुरक्षा निकायहरुले अपहरणमा परेका पोलियो कार्यकर्ताको खोजी कार्य जारी राखेको अवस्थामा पहाडी इलाकामा ती पोलियो कार्यकर्ताको शव फेला परेको जोब जिल्लाको एक वरिष्ठ स्थानीय प्रशासकले जनाउनु भएको छ ।




प्रतिक्रिया दिनुहोस्...