विगतका सम्झौता कार्यान्वयन गर्न पूर्वराजा ज्ञानेन्द्रको माग


एमाओवादी लगायतका विपक्षी मोर्चा लगाएतका आदिवासी जनजातिले सरकारसँग विगतका सम्झौता कार्यान्वयन गर्न माग गरिरहेकै बेला पूर्वराजा ज्ञानेन्द्र साहले पनि आफूसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न माग माग गर्नुभएको छ ।

तत्कालीन राजनीतिक दलहरु लगाएत आफुसँग जेजति सहमति, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए तिनको स्मरण र अनुशरण गर्दै त्यसलाई सही रुपले कार्यान्वयनमा ल्उाउन हाँले माग गर्नुभएको हो । मूलूकलाई दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनित दिवसको सार्थकता रहन्छ उहाँले भन्नुभयो ।
पूर्वराजा ज्ञानेन्द्रले आफूसँग दलहरुको के सहमति भएको  भन्ने बारेमा केहि खुलाउनु भएको पाइदैन । यधपि उहाँले आफूसँग भएका ती सहमति र समझदारीलाई कार्यान्वयन गराउन पर्ने माग राख्नु भएको छ ।
फागुन ७ को प्रजातन्त्र दिवसका सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्रले विगतको गोप्य सहमति स्मरण गर्दै प्रष्टरुपमा भन्नुभएको हो।






प्रतिक्रिया दिनुहोस्...