चीनको बारेमा तपाईंलाई थाहा नभएका अचम्मका कुरा


नेपालको मित्र राष्ट्र चीन १.३ अर्ब जनसंख्या सँगै विश्वको सर्वाधिक जनसंख्या भएको हो । ९६,४१,१४४ वर्ग किलोमीटर क्षेत्रफलको साथ यो रूस र क्यानाडा पछि विश्वको तेस्रो सबैभन्दा ठूलो क्षेत्रफल वाला देश हो। यति विशाल क्षेत्रफल भएको कारण यसको सीमानासँग जोडीने देशहरूको संख्या पनि विश्वमा सर्वाधिक (रूसको बराबर)  छ, जो यस प्रकार छ (उत्तरबाट दक्षिण तर्फ) रूस, मंगोलिया, उत्तर कोरिया, भियतनाम, लाओस, म्यान्मार, भारत, भूटान, नेपाल, पाकिस्तान, अफगान्स्तिान, ताजिकिस्तान, किर्गिस्तान, र कजाखिस्तान। उत्तर पूर्वमा जापान र दक्षिण कोरिया चीनको मुख्य भूमिबाट नजीकै छन् ।
चीनको बारेमा तपाईंमध्ये धेरै जनालाई धेरै कुराको जानकारी होला तर यहाँ दिइएका जानकारीहरु तपाईंमध्ये धेरैलाई थाहा नहुन पनि सक्छ ।
१. चीनका धनी मानिसहरु आफ्नो परिवारको सुरक्षाका लागि ‘बडी डबल्स’ किन्ने गर्दछन् । चीनमा यो कुरा निकै साधारण मानिन्छ ।
२. नयाँ इकोनोमी सर्भेमा चीन, अमेरिकाभन्दा पनि आगाडि निस्किसकेको छ ।
३. विश्वको २९ प्रतिशत वायु प्रदुषणको कारण चीन हो ।
४. चीनमा अमेरिकाभन्दा बढि अंग्रेजी बोल्ने व्यक्तिहरु छन् ।
५. चीनमा एउटा विशेष प्रकारको सूप निकै लोकप्रिय रहेको छ जुन विशेष प्रकारको चराहरुबाट बनेको बताइन्छ ।
६. चीनमा मानिसहरु वेभसाइटमार्फत प्रेमिका बुकिङ गर्ने गर्दछन् जुन निकै साधारण मानिन्छ ।
७. चीनको जनसंख्या कहिले पनि कम हुन सक्दैन किनभने यहाँका मानिसहरु सानो उमेरमा नै बच्चा जन्माउने गर्दछन् जसका कारण यहाँको रि–प्रोडक्सन पावर निकै राम्रो मानिन्छ ।
८. चीनमा मानिसहरुका निकै पिरो र स्पाइसी खानेकुरा मनपराउने गर्दछन् ।
९. आजकाल चीनका मानिसहरुमा बडी बिल्डर्स बन्ने शोक देखिएको छ ।
१०. चीनका टीनएजर आइफोन भनेपछि निकै हुरुक्क हुने गर्दछन् । तपाईंले सुन्नु भएकै होला, चीनका एक किशोरले आइफोनका लागि आफ्नो किड्नी बेचेका थिए ।
११. आफ्नो फिल्म ‘सेभेन इयर्स इन टिबेट’ का कारण हलिउडका निकै चर्चित कलाकार ब्राड पिट फेरि फर्केर चीन गएनन् ।
१२. चीनमा सबैभन्दा लामो ट्राफिक जाम भएको थियो जुन १० दिनसम्म ६० मिल परसम्म लागेको थियो ।
१३. एक चीनियाँ पुरुषले आफ्नी श्रीमतीमाथि यसकारण मुद्दा चलाए किनभने उनका बच्चाहरु श्रीमतीको कारण नराम्रो जन्मिएका थिए र अचम्मको कुरा के छ भने उनले यो मुद्दा जितेका थिए ।
१४. चीनमा सबैभन्दा धेरै मानिसहरु बेरोजगारीका कारण आत्महत्या गर्ने गर्दछन् ।




प्रतिक्रिया दिनुहोस्...