मुर्दाघाटको अस्थिपञ्जर घरमै आइपुगेपछि..


Dharan_Human body

धरान – मुर्दाघाटमा अन्तिम संस्कार गरेको मानिसको अस्थिपञ्जर घरैमा आइपुग्दा तपाईंलाई कस्तो लाग्ला ? परिवारका सदस्यले अन्तिम विदाई गरेको व्यक्तिको अस्थिपञ्जर पुनः घरैमा आइपुग्दा धरानको एक टोलका बासिन्दा आतंकित भएका छन् ।
बौद्ध दाहसंस्कारस्थलमा राम्ररी शव दाहसंस्कार मृतकका अस्थिपञ्जरहरु कुकुरले घरघरमा लगेपछि धरान–८ स्थित दुर्गापथको सिंगो बस्तीमा आतंकित भएको हो । मानव बस्तीनजिकैको दाहसंस्कारस्थलमा शवहरु राम्ररी नजलाई छाँडिदा कुकुरले बोकेर घरघरमा ल्याउँदा स्थानीय आतंकित भएका हुन् ।
दुर्गापथको मानब बस्तीछेउको बौद्ध दाहसंस्कारस्थलमा राम्ररी शव नजलाई जङगलमा फालेपछि ती अस्थिपञ्जर कुकुरले बोकेर सहरमा ल्याउँदा त्रास फैलिएको स्थानीय शुवास श्रेष्ठले बताए ।
Dharan_Human_body_in_village_557539425
उनले तीन वर्षअघिबाट कुकुरले मान्छेका हात, खुट्टा र टाउकोसहितका भाग कुकुरले घरघरमै ल्याउने गरेको हो । शव आधा जलाएपछि त्यतिकै छाड्ने गरेपछि इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, धरान नगरपालिका र इलाका वन कार्यालयमा उजुरी दिँदासमेत सुनुवाई नभएको अर्का स्थानीय सुवास तामाङले बताए ।
मरेका मान्छेको अस्थिपञ्जर कुकुरले घरमै ल्याउँदा दुर्गापथका बासिन्दाहरु राति घरबाहिर निस्कन डराउने गरेका छन् । सो टोलका बालबालिका समेत तर्सने गरेको अर्की स्थानीय भक्तमाया श्रेष्ठले बताइन् ।
 मानवबस्ती नजिकैको दाहसंस्कार स्थलमा जलाएको शवबाट निक्लने खरानीसमेत नपखाली छाडिँदा हावाले उडाएर घरमै ल्याउने गरेको स्थानीयको गुनासो छ ।
अस्थिपञ्जरसँगै राति बस्तीमा भुत आउने डरले स्थानीयबासिन्दा त्रसित बन्ने गरेका छन् । शव राम्ररी नजलाउँदा गाउँमा प्रकोप फैलने भन्दै स्थानीयले बौद दाहसंस्कारस्थल व्यवस्थित गर्न माग गरेका छन् ।
human body dharan1
आधा डढेको शव त्यत्तिकै छाडिँदा दुर्गापथमा दुर्गन्ध फैलिएको स्थानीयले बताए । दुर्गन्धकै कारण दुर्गापथका अधिकांश व्यक्तिहरुलाई टीबी र दमको रोग लाग्न थालेकाले उनीहरु बौद्ध दाहसंस्कारस्थल हटाउन माग गरेका छन् । दाहसंकारस्थल व्यवस्थापन समितिका अध्यक्ष सेतुमान पाख्रिनले भने स्थानीयवासिन्दाले लगाएको आरोप गलत भएको दाबी गरेका छन् ।
उनले पानी अभावका कारण शव जलाएको खरानी बगाउन नसकिएको भने स्विकारे । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सञ्जयसिंह थापाले बौद्ध दाहसंस्कारस्थलमा शव राम्रोसँग नजलाएको जनगुनासो आएपछि सरोकारवालासँथ छलफल गरी समस्या समाधान गरिने बताए ।





प्रतिक्रिया दिनुहोस्...