सोनम कपुरलाई पनि स्वाइन फ्लु, आखा भारत नै सक्रंमित


भारतमा आक्रामक रुप लिएको स्वाइन फ्लु चर्चित बलिउड अभिनेत्री सोनम कपुरमा पनि देखिएको छ।
मूम्बई, फागुन १६ - भारतमा आक्रामक रुप लिएको स्वाइन फ्लु त्यहाँका स्वास्थ्यमन्त्रीसहित चर्चित बलिउड अभिनेत्री सोनम कपुरमा पनि देखिएको  छ ।  अभिनेत्री कपुरको रगतको नमुना परीक्षणमा स्वाइन फ्लुको संक्रमण देखिएको हो ।

गुजरातको राजकोट नजिक सलमान खानसँगै चलचित्र प्रेम रतन धन पायोको छायाँकनको क्रममा रहेकी सोनमको स्वास्थ्यमा समस्या देखिएपछि रगत परीक्षण गर्दा स्वाइन फ्लु पोजेटिभ भेटिएको र तत्काल  उनलाई चाटर्ड विमानबाट मुम्बइ पुर्‍याइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सोनम गएको १० दिनदेखि चलचित्रको छायाँकनका लागि गुजरातमा रहेकी थिइन् । उच्च ज्वरोको आएपछि सोनमलाई शनिबार बिहान राजकोटको एक अस्पतालमा भर्ना गरिएको र रगत परीक्षण गर्दा स्वाइन फ्लुको संक्रमण देखिएको उनका फिटनेस प्रशिक्षकले बताएका छन् ।

यसै हप्ता मात्रै गुजरातका स्वास्थ्य मन्त्रीलाई समेत स्वाइनफ्लु संक्रमण देखिएको थियो । 





प्रतिक्रिया दिनुहोस्...