सरकारको गुज्रूक बुद्धिमाथी, ३० दलीय मोर्चाको शक्ति, अन्ततः सहमति ?


सायद, प्रहरीलाई थाहा थिएन की प्रदर्शनकारीको भीडमा माओवादीका पूर्व लडाकुको ठुलै दस्ता छ।

विष्णु विवेक, काठमाण्डौँ, फागुन १६ - नेपालमा विभिन्न समयमा भएका शक्ति प्रदर्शनहरुले विभिन्न राजनीतिक परिवर्तनका छलाङहरु मारेको छ । तर पछिल्ला समयमा भएका शक्ति प्रदर्शनहरुले न कुनै त्यस्तो परिवर्तनको महशुस गराएको छ, न त सरकार नै पल्टाउने साहस । सत्तारुढ दल कांग्रेस एमालेले संविधानसभामा प्रक्रिया अगाडी बढाएको भन्दै रुष्ट बनेको एमाओवादीसहतिको ३० दलीय मोर्चालाई आफ्नो शक्ति देखाउनु थियो , शनिबार (फागुन १६ गते) त्यो देखायो पनि । मोर्चाले झन्डै २ लाख कार्यकर्ताहरु राजधानीमा उता¥यो । ¥याली र जुलुसमार्फत देशैभरबाट गाडीका गाडी कार्यकर्ताहरु ३० दलीय मोर्चाका विभिन्न दलहरुले राजधानीका चोकचोक हुदै खुल्लामञ्चमा उतारे । यता सरकारले विपक्षी मोर्चाका लाठी र झण्डाको समेत निगरानी राखेर उपत्यकाभरी नै प्रहरी खटायो । कलंकी, लैनचौर, सातदोबाटो, लखनखेल, गौशाला, महाराजगञ्ज लगातयका विभिन्न १६ ठाउँबाट झाँकीसहित निस्किएका ¥याली जुलुस शान्तिपूर्ण ढंगले खुलामञ्च पुगे र आमसभामा विलय भए । तर भक्तपुर, पेप्सीकोला हुदै पूर्वबाट आएको भनिएको ¥याली जुन एमाओवादी नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा थियो । जुलुस कोटेश्वरबाट ठुलै भीडका साथ नाराबाजी गर्दै तीनकुनै बानेश्वर माइतीघरबाट खुलामञ्चको बाटोमा अगाडी बढ्न चाहन्थ्यो । तर, सरकारले अघिल्लो दिन नै संविधानसभा अगाडीको सडकलाई निषेधित क्षेत्र भन्दै काडेतार लगाएर बाक्लै सुरक्षाकर्मी परिचालन गरेको थियो । भीड रोकिएन लगातार अगाडी बढ्यो, प्रहरीले रोक्न खोज्यो, तर रोकिएन भीड प्रहरीलाई पेलेर नै अगाडी बढ्यो । गृह मन्त्रालयको आदेश थियो निषेधाज्ञ तोडेपछि चुप लागेर नबस्ने हाई अलट, अब त अति भयो भन्दै प्रहरीले प्रदर्शनकारीमाथी लाठी बर्साउन शुरु ग¥यो । सायद, प्रहरीलाई थाहा थिएन की प्रदर्शनकारीको भीडमा माओवादीका पूर्व लडाकुको ठुलै दस्ता छ । त्यही परिचालित भयो भित्र भित्रै , प्रहरीको लाठी त के अश्रुग्यास समेतको वेवास्ता गर्दै डेढ दर्जन प्रहरीलाई नै उनीहरुले धोबी धुलाई गरे । त्यही बीचमा अन्धाधुन्ध लाठी हानेको प्रहरीबाट पनि दर्जनौ आन्दोलनकारी घाइते भए । समग्रमा यस झडपबाट सरकारले चाहेर पनि अबको माओवादीको आन्दोलनलाई दबाउन सक्दैन् । उल्टै त्यसको महंगो मुल्य चुकाउदै प्रहरीको नै मनोबल घटाउछ । जसले बहुमतीय आडमा भन्दा पनि सहमतिका लागी केही समय खर्चेर वार्ता गर्नैपर्ने नैतिक दबाब समेत सरकारलाई दिएको छ । आमसभालाई सम्बोधन गरेका विभिन्न दलका शीर्ष नेताहरुले जत्ति नै उत्तेजक भाषण गरेपनि सहमति नै अन्तिम मिलनु विन्दु भएको दोहो¥याएका छन् । उनीहरुले सत्तारुढ दलको गैरजिम्मेवारपनलाई भूल भन्दै आगामी दिनमा सबै जितको दिशामा अगाडी बढ्नुपर्ने तर्क प्रष्ट रुपमा राखेका छन् । जुन सत्तारुढ दलले पनि त्यही अपेक्षा गरेको थियो । अबको बाटो सहमति ? एमाओवादीसहितको मोर्चा माघ ५ गते प्रक्रियाको विरुद्धमा सभाध्यक्षमाथी नै जाईलाग्यो र संविधानसभा हलमै तोडफोडमा उत्रियो । जुन दिन सत्तारुड दलहरु माथी पनि साघातिक हमला भयो । भलै त्यसलाई उनीहरुले बोलीमा मात्रै व्यक्त गरे व्यवहारमा सहमतिकै रटान लगाए । त्यसपछि एमाओवादी पूर्ण रुपमा संविधानसभाको बैठक नै बहिष्कार गरेर सडक आन्दोलन तिर केन्द्रित भयो । जसको सबैभन्दा ठूलो शक्ति प्रदर्शन आज शनिबार भयो । एमाओवादीसहितको मोर्चालाई आफ्नो तागत देखाउनु थियो देखाए । सत्तापक्षले पनि उनीहरुको तागत हेर्नु थियो हेरे । अब दुबै पक्षले सहमति नगरी सुखै छैन् । जुन नेपाली जनताले अहिलेसम्मको ठूलो लगानी, त्याग तपस्या बलिदानीबाट यहाँसम्म आएको परिवर्तन हो । यसको उचित कार्यान्वयन र उपलब्धीको संस्थागत विकासका लागी सत्ता र विपक्षी दलहरु सहमतिका लागी इमान्दार र जिम्मेवार बन्न जरुरी छ । ताकी अहिलेको आवश्यकता आन्दोलन, शक्ति प्रदर्शन नभई आपसी सहमतिद्धारा देश विकासका लागी संविधान निर्माण र त्यसको सही कार्यान्वयन हो ।




प्रतिक्रिया दिनुहोस्...