एम्बुलेस, ट्रक र रिक्सा एकसाथ ठोकिंदा दुईजनाको मृत्यु


चितवन, माघ २० । पूर्व पश्चिम राजमार्ग अन्तरर्गत चितवनको टिकौली जंगल सडक खण्डमा हिजो साँझ तीन सवारी साधन एक आपसमा ठोकिंदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा अन्य दुई जना घाईते भएका छन् । भरतपुरबाट टाँडी जादै गरेको टाँडी रत्ननगर पोलिक्लिनिकको ना २ च ५४५४ नम्बरको एम्बुलेन्स, पूर्वबाट भरतपुर तर्फ आउँदै गरेकोना ३ ख ३१९९ नम्बरको मालबाहक ट्रक र टाँडीबाट भरतपुर तर्फ आउँदै गरेको रिक्सा एकआपसमा ठोकिदा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा एम्बुलेन्स चालक रत्ननगर नगरपालिका–१३ का राजु भनिने यज्ञकुमार श्रेष्ठ र सोही एम्बुलेन्समा सवार अर्का एक जनाको सनाखत भएको छैन् । घाईतेहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।






प्रतिक्रिया दिनुहोस्...