‘तपाईंलाई ठूलो रकम चिठ्ठा पर्‍यो’ भन्दै फोन आउँछ भने सावधान !


२० माघ काठमाडौं । ‘तपाईलाई ठूलो रकम चिठ्ठा परेको छ, उक्त रकम प्राप्त गर्ने प्रक्रियाका लागि फलानो बैंकको फलानो खाता नम्बरमा रकम जम्मा गर्नुहोला’ भन्दै फोन आउँछ भने सावधान !
केही समयदेखि पाकिस्तान, अष्ट्रेलिया, मलेसिया र स्वेडेनलगायतका देशबाट नेपालीहरुको मोवाइल तथा ल्याण्डर्लाइन फोनमा हिन्दी भाषामा फोन गरी ठगी गर्नेहरु नेपालभर सक्रिय भएका छन ।
सोमबार काठमाडौंबाट प्रहरीको अपराध महाशाखाले चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने पाकिस्तानी नागरीकसहित ३ जना र केहीदिन अघि बिरगञ्जबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोले विज्ञप्ती नै जारी गरी त्यस्तो प्रलोभनमा नपर्न सार्वजानिक अपिल गरेको छ ।cibठगको प्रलोभनमा पनि केही व्यक्तिहरुले बैंकमा रकम जम्मा गरी आफू ठगिएको भन्दै प्रहरीमा उजुरीहरु परेको सीआइबीले जनाएको छ । प्रहरीले कसैले चिठ्ठा पर्‍यो भन्दै फोन गरे नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न अनुरोध गरेको छ ।






प्रतिक्रिया दिनुहोस्...