रुँदा रुँदै बिदा भए बाबुराम



Baburam-bhattrai-stageओएस नेपाल, काठमाडौं,माघ– एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराई भृकुटीमण्डपमा बुधबार पार्टीको नेवा र तामशालीङ राज्यका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा रोएका छन् ।
नारायणकाजी पछि बोल्ने पालो थियो बाबुराम भट्टराईको । तर उनी कार्यक्रममा आइपुगेका थिएनन् । यो बीचमा कलाकारले गीत गाउन थाले । करिब १५ मिनेटपछि बाबुराम आए र आउनासाथ बोल्न थाले । पहिलो वाक्यदेखि नै बाबुरामका गला अवरूद्ध भएका थियो ।
उनी भन्दै थिए, ‘२० वर्षअघि आजकै दिन (२०५२ माघ २१ गते) ४० बुँदे माग लिएर म सिंहदरबार गएको थिएँ, तत्कालीन सरकारले हामीलाई वार्ताका लागि बोलाउने कष्ट पनि गरेन । अनि माघ २८ गते म झोला बोकेर पश्चिम नेपालतिर लागेको थिएँ । आज २० वर्षपछि म फेरि झोला बोकेर पश्चिम नेपाल जाँदैछु । त्यतिबेला पनि उत्पीडित जनताको पक्षमा हिँडेको हो, तर त्यो संघर्षले पुगेन । फेरि लड्नुपर्ने भयो ।’
हामी दुब्लाएका बाघ हौं, स्यालले जिस्क्याउन थाले
बाबुरामले बोल्दा करिब २ हजार कार्यकर्थाले समर्थनमा ताली बजाए र हुटिङ गरे । बाबुराम पनि बोल्दै गए, ‘शान्तिप्रकियामा आएपछि हामी बिग्रियौंं । हामी पश्चाताप गर्छौं र आफूलाई सच्याउने बाचा गर्छौंं । हामी बाघ हौं, बाघ दुब्लाउन सक्छ, जति दुब्लाएपनि स्याल बन्न सक्दैन। दुब्लो बाघलाई स्यालले जिस्काउन थालेका छन्। त्यसैले हामी को हौं भनेर हामीले आफ्नो हैसियत खोज्ने बेला भएको छ। तपाइँ कार्यकर्ता भनेको डमरू हो तपाइँहरूले पनि आफ्नो पारा देखाउनुपर्छ ।’
 रुँदा रुँदै बिदा भए बाबुराम
बाबुरामले संविधानसभा आफ्नो हो भन्ने अनुभव हुन छाडेको स्पष्ट पारे । ‘हामीले त्यत्रो ठूलो बलिदानपूर्ण युद्ध गरेर संविधानसभा स्थापित गरायौं । जोडबलले लतारिएर संविधानसभा आएकाको दबदबा भयो । परिवर्तन मुद्दा खारेज हुनथाले । त्यसैले हामी संविधानसभामा छौं कि छैनौं भन्ने प्रश्न खडा भएको छ । काठमाडौंमा १६ फागुनमा कार्यक्रम छ, अब त्यो कार्यक्रममा मात्र आँउछु। संघर्षको उपलब्धी जोगाउन ६१ वर्षको उमेरमा म फेरि संघर्षमा हिँडेँ । तपाईहरू पनि हिड्नुहोस् ।’
बाबुराम बोल्नासाथ भक्कानिदै मञ्चबाट झरे र कार्यक्रमबाट बाहिरिए । नेता कार्यकर्ता सबैले ताली बजाएर उनको बिदाइ गरे ।





प्रतिक्रिया दिनुहोस्...