मलेसियामा सेक्युरिटी गार्डको भविष्य अन्योलमा


मलेसिया, माघ २०– रोजगारीको राम्रो गन्तव्य रहेको मलेसियामा सेक्युरिटी गार्डको भविस्य अन्योलमा पर्नसक्ने भएको छ। मलेसियाका आधिकाशं कम्पनी र घरहरुमा नेपाली गार्ड रहेका पाइन्छ । यकिन डाटा नभए पनी १५ देखि २५ हजारकोबीचमा सेक्युरिटी गार्डमा नेपालीहरु ईमानदारीका साथ काम गरिरहेका छन् ।
अन्य कामको तुलनामा कमाई राम्रो हुने भएकोले यहाँ काम गर्ने नेपालीहरु खुसी पनि छन्। सेक्युरिटीको लागि सेना–पुलिस हुनुपर्ने भए पनि मलेसिया आउने ८० प्रतिशत सिभिल रहेको र पूर्वमाओवादीका लडाकुहरु छन् भन्दै एक नेपालीले त्यहाँको प्रधानमन्त्री समक्ष बेनामे तीन पेजको पत्रले मलेसिया सरकारको त्यस पत्रप्रति ध्यान गएको पाइएको छ ।
नेपाली गार्डको बारेमा अनुसन्धान गर्न सरकारले एक जाँच कमिटि बनाएको छ र ४५ दिनभित्रमा प्रतिवेदन सरकारलाई बुझाउने निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका उक कर्मचारीले खुलासा गरेका छन् ।  मलेसियामा निस्किने पत्रिकाले पत्रमा यहाँका संघ–संस्थामा नेपालीहरुको व्यपार व्यवसायको बारेमा समेत उल्लेख गरिएको सुत्रको दावी छ ।
मजदुरको लागि काम गर्ने भन्दै खुलेका सघं–संस्थाको बारेमा र उनीहरुकै कारण यहाँ समस्या रहेको समेत पत्रमा उल्लेख गरिएको बुझिएको छ ।  पत्रमा माओवादी र एमालेको गतिविधि बारेमा त्यहाँ परिरहेको असरको बारेमा भन्दै ५० जनाभन्दा बढि पत्रकार, व्यवसायी र संघ–संस्थामा काम गरिरहेकाको नाम समेत किटान गरिएको बुझिएको छ ।
मलेसियामा राजपरिवारदेखि लिएर ठूलाबढाको घरमा सन् १९९४ देखि नेपालीले सेक्युरिटी गार्डको रुपमा काम गर्दै आइरहेका छन् ।





प्रतिक्रिया दिनुहोस्...