तास खेल्दा खेल्दै हत्या गरीएका भण्डारीका हत्यारा सार्वजनिक


पाल्पा, माघ १८ । पाल्पाको सोमादी गाउँ विकास समिति वडा नं–८ का २१ बर्षीय अनिल भण्डारीको हत्यामा संलग्न तीन जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले आज सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिनेमा नवलपरासी देवगाउँ–८ का २० बर्षिय सद्दाम हुसेन अन्सारी, निजको भाइ सत्तर अन्सारी र सोही गाविस वडा नं. ४ का १७बर्षीय मोहरम अन्सारी रहेका छन् ।
मृतक भण्डारी र मुख्य अभियुक्त सद्दाम बीच विगत ६ महिना देखि चिनजान भएको र संगै तास खेल्ने गरेको प्रहरीले जनाएको छ ।
पुस २६ गते पनि तास खेलेको अवस्थामा अनिलले ३ सय रुपैयां हारेको र सद्दामले सोही पैसा माग्दा अनिलले झापड हानेपछि बदला लिने योजना अनुसार माघ १२ गते तास खेल्न बोलाएर हत्या गरेको प्रहरी नायव उपरिक्षक शिव प्रसाद श्रेष्ठले जानकारी दिए ।
दुई दिन हुंदा समेत छोरा घरमा नआएपछि आमाले माघ १४ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।
अनिलको शव  माघ १५ गते जिल्ला अस्पताल पछाडी खरवारीको झाडीमा क्षत विक्षत अवस्थामा फेला परेको थियो ।






प्रतिक्रिया दिनुहोस्...