बैंकबाट पैसा निकाल्नेवित्तिकै १८ लाख लुटियो



Money
काठमाडौं, माघ २१ - मध्यबानेश्वरस्थित ग्लोबल आईएमई बैंकबाट पैसा निकाल्नेवित्तिकै १८ लाख रुपैयाँ लुटपाट भएको छ । कलंकी निवासी सरस्वती आचार्यले बुधबार बिहान ११ बजे बैंकबाट पैसा निकालेर निस्कंदै गर्दा दुई जना लुटेराले पैसा लुटेर फरार भएका हुन् । लुटेराको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्...