उचाई बढाउने अचुक उपाय



अग्लो हुन कसलाई मन नलाग्ला र ? प्रहरी तथा सेना लगायतका कतिपय पेशामा त झनै भन्ने हो भने उँचाइलाई पहिलो प्राथमिकतामा हेरिन्छ । मेडलिङलाई पेशा अपनाउन चाहने यूवति तथा यूवामा त उचाई त पुलका रुपमा नै हेरिन्छ ।

उचाई आफूले चाँहदैमा बढी हाल्ने चाँही होइन । लम्बाई बढाउन सानै देखि ख्याल गर्नुपर्छ । यदि तपाई आप्नो उचाई प्रति चिन्तीत हुनुहुन्छ भने आजै देखी आफ्नो खानपिनमा सजग हुनुहोस् । आजभोली बजारमा पाइने पेय पदार्थलाई सौखको रुपमा प्रयोग गरेको देखिन्छ तर ती पेय पदार्थ स्वास्थयका हिसावले लाभदायक भने पक्कै छैनन ।

त्यसो त पिज्जा, बर्गर, चाउचाउ पनि स्वास्थयका हिसावले हानिकारक नै छन् । दाल, हरियो साग, तरकारी, मक्खन, दही, अण्डा, फलफूल लगायतका खोराकले हड्डी बलियो पार्ने र उँचाई बढाउन पनि मद्धत गर्छ । यसका साथै तल उल्लेखित सुझाव अपनाएर आफ्नो उँचाइ बढाउनुहोस् ।

१. क्यलसियम युक्त खाना जस्तै दुध, चीज, दही प्रशस्त मात्रामा सेवन गर्नुहोस् ।

२. भिटामीन डी युक्त खानेकुराहरु जस्तै माछा, दाल, अण्डा, सोयाबिन, मसरुम, तोफू खानु होस् ।

३. प्रोटिन युक्त खाना जस्तै काउली, ब्रो काउली, मासु, चीज लगायतको सेवन नियमित गर्नुहास् ।

४. भिटामीन ए युक्त खानहरु जस्तै पालुंगोको साग, टमाटर, चिचिन्डो लगायत खानुहोस् ।

५. मिनरल युक्त खानाहरु जस्तै हरियो सिमि, केरा, अंगुर, गाजर लागायतका फलफूलको प्रयोग बढी मात्रामा गर्ने ।

यसका साथै बिहान नियमित रुपमा व्याम गर्नुहोस् । हिड्दा निहुरिएर नहिड्नु होस् । हिड्दा या बस्दा सिधासंग वस्ने बानी बसाल्नु होस् । साँझमा समयमै सुत्ने र बिहान सबेरै उठने बानी बसाल्नु होस् ।  





प्रतिक्रिया दिनुहोस्...