ताइवानमा विमान दुर्घटना, १२ जनाको मृत्यु, १६ घाइते


काठमाडौं, माघ २१ । ताइवानको राजधानी ताइपेइमा ताइवानी विमान कम्पनी ट्रान्स एसियाको विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

चिनियाँ समाचार एजेन्सी ‘सिन्ह्वा’का अनुसार विमान पुलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा अरु १६ व्यक्ति घाइते भएका छन् ।

दुर्घटनाका समयमा विमानमा ५८ यात्रु रहेका थिए । ‘एटीआर७२’ विमान कीलुंग नदीमा डुबेको छ ।

गत वर्षको जुलाईमा पनि यही एअरलायन्सको विमान दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको थियो । (एजेन्सी)






प्रतिक्रिया दिनुहोस्...