‘कान्तिपुर आइकन’ बन्यो नेपाली राष्ट्रिय क्रिकेट टोली, २० लाख रुपैयाँ पाउने


काठमाडौं, फाल्गुन ६ । कान्तिपुर फाउन्डेशनले २०७१ सालको ‘कान्तिपुर आइकन’ को रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई छनौट गरेको छ ।
हरेक दुई–दुई बर्षमा दिईने २० लाख रुपैयाँ राशीको सो पुरस्कार पहिलो पटक प्रदान गर्न लागिएको हो ।
पुरस्कृत टिमलाई नयाँ बर्षको अवसर पारेर२०७२ बैसाख पहिलो साता सम्मानित गरिने कान्तिपुर फाउण्डेसनले जनाएको छ ।
‘कान्तिपुर आइकन’ कुनै पनि क्षेत्रमा क्रियाशिल रही नेपाल राष्ट्र र राष्ट्रिय जीवनमा प्रत्यक्ष–परोक्ष रुपमा बिशेष सकरात्मक योगदान पुर्‍याउने व्यक्ति, संस्था वा समूहलाई प्रदान गर्ने गरिन्छ ।
कान्तिपुर मिडिया ग्रुपद्वारा प्रवद्र्धित गैर–नाफामूलक कान्तिपुरर फाउन्डेशनले ‘कान्तिपुर आइकन’ छनौट गर्न प्रा. लोकराज बराल, डा. स्वर्णिम वाग्ले, मोहना अन्सारी, अखिलेश उपाध्याय, सुधीर शर्मा र कैलाश सिरोहिया रहेको निर्णायक मण्डल बनाएको थियो ।





प्रतिक्रिया दिनुहोस्...