चिनीया असफल भए पनि नेपाली सफल


माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको टनेलको कामको जिम्मेवारी लिएको चीनियाँ कम्पनी सिनो हाईड्रोले टनेलको बे्रकथ्रु गर्न नसकेपछि नेपालकै इको इन्ट्रा बिल्डर प्रालिले बे्रकथ्रु गरिदिएको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सबैभन्दा कठिन ३७४ मिटर गहिरो ठाडो सुरुङ निर्माणले यसरी सफलता पाएको हो । ४५६ मेगावाट क्षमताको यो आयोजना व्यवस्थापनले ठाडो सुरुङलाई सबैभन्दा कठिन काम मान्दै आएको थियो । यो सुरुङ निर्माणका लागि दुई वर्षदेखि छ पटकसम्म गरिएका प्रयास असफल भएपछि आयोजनाले इको इन्ट्रा बिल्डर प्रालिलाई बे्रकथ्रु गरिदिन अनुरोध गरेको बिल्डरले जनाएको छ । पटक–पटकको असफलतापछि आयोजनाले संसारका अत्याधुनिक प्रविधि प्रयोगका लागि ईआईबि कम्पनीलाई अनुरोध गरेको ईन्जिनियर सुवाषचन्द्र बरालले बताउनु भयो । सुरुङ माथिबाट आवश्यक ४ दशमलव ४ मिटर र तलबाट २ दशमलव १ मिटरको ब्यासमा खनिएको छ । माथिबाट २१५ मिटर र तलबाट १५८ मिटर सुरुङ खनिएको आयोजना प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिनु भयो । आवश्यकताअनुसारको सुरुङ बनाउन करिब एक महिनामात्रै लाग्ने न्यौपानेले बताउनु भयो। उहाँकाअनुसार सुरुङ पूरा भएपछि हाइड्रो मेकानिकलअन्तर्गत निर्माण कम्पनीले स्टिल पेनस्टक पाइप जडान थाल्नेछ । पहिलो साफ्ट पूरा गरेपछि मुख्य सुरुङको डिजाइन परिवर्तन भएकाले करिब ३२० मिटरको अर्को पेनस्टक साफ्ट पनि बनाउनुपर्ने भएको छ । सुरुङ पूरा भएपछि हाइड्रो मेकानिकलअन्तर्गत निर्माण कम्पनीले स्टिल पेनस्टक पाइप जडान थाल्नेछ । पहिलो साफ्ट पूरा गरेपछि मुख्य सुरुङको डिजाइन परिवर्तन भएकाले करिब ३२० मिटरको अर्को पेनस्टक साफ्ट पनि बनाउनुपर्ने भएको छ । अत्याधुनिक रेजबोरिङ मेसिन आरबीएम प्रविधिबाट ठाडो सुरुङ निर्माणको काम पटक–पटक असफल भएपछि पुरानै प्रविधि सफल भएको हो । आधुनिक मेसिनबाट ठाडो सुरुङ खन्ने प्रयास गर्दा छ पटकसम्म असफल भएको थियो । असार २६ देखि परम्परागत प्रविधिबाटै पुनः निर्माण थालिएको थियो । सिनो हाइड्रो कर्पोरेसन कम्पनीले चीनबाट ल्याएको रेजबोरिङ मेसिनमार्फत ठाडो पेनस्टक साफ्ट खन्दासमेत बिफल भएपछि एक वर्षदेखि काम रोकिएको थियो । १९३ दिनपछि काममा सफलता मिलेको आयोजनाले जनाएको छ । यसको श्रेय इको इन्ट्रा बिल्डर प्रालिलाई गएको छ । परामर्शदाता कम्पनी ल्याह्मेयर इन्टरनेसनलको सहयोगी सिनो हाइड्रोले विश्वप्रसिद्ध जर्मनीको मेकोन इन्जिनियरिङ कम्पनीबाट रेजबोरिङ ल्याए पनि असफल भएको थियो । इको इन्ट्रा बिल्डर प्रालिले खानीखोलामा त्यही मेसिनबाट सोही प्रकृतिको सुरुङ तयार गरेपछि तामाकोसी आयोजनाको लागि बेक्र थ्रु गर्न उनीहरूले सहयोग गरेका हुन् । ठाडो सुरुङ बनाउने चट्टानको बीचमा छड्के कमजोर चट्टान भएपछि अत्याधुनिक प्रविधि असफल भएको आयोजनाले भन्दै आएको थियो । आयोजनाले हेडवक्र्स र सुरुङ खनेको एक वर्षभित्र सम्पूर्ण आयोजना पूरा गर्ने गरी बिहान, दिउँसो र राति तीन चरणमा निर्माण काम भइरहेको छ । हेडवक्र्सको बायाँतिरको काम पूरा गरेर अहिले नदीलाई फर्काइ दायाँतिर काम भइरहेको छ । बायाँतर्फ ३० मिटरको बाँधसहित इन्टेक, दुई सय मिटर लामो बालुवा थिग्य्राउने पोखरी निर्माण गरिएको छ । हेडवक्र्सको ८७ प्रतिशत काम बायाँतिर नै भएको छ । सिभिल, हाइड्रोमेकानिकल, मेकानिकल, इलेक्ट्रिकल, प्रसारणलाइन र सबस्टेसन निर्माण २०७३ पुससम्म पूरा हुनेछन् । यो आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रूपैयाँ रहेको छ ।




प्रतिक्रिया दिनुहोस्...