श्रीमतीको शव लजमा भेटियो , श्रीमान् फरार


२०७१ माघ १८ आईतवार 6590 पटक पढिएको विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–६ स्थित सफल लजमा आज बिहान एक महिला मृत अवस्थामा फेलापरेकी छन्। इलामको मोहमाई–४ बस्ने २८ वर्षीया मञ्जु दर्जी मृत अवस्थामा फेलापरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। उनी विगत एक वर्षदेखि आफना पति बुद्धिमान मगरसँग बस्दै आएकी थिइन्। घटनास्थलमा प्रहरी पुग्नासाथ मगर फरार भएको प्रहरीले जनाएको छ। उनको खोजी भइरहेको छ । रासस




प्रतिक्रिया दिनुहोस्...