धम्क्याउँदै र थर्काउँदैमा जनता आन्दोलनमा आउँदैनन्ः ओली


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान बनाउन सहयोगका लागि सबैसँग आग्रह गरिने तर घुर्की लगाएर संविधानसभा छोडेर जानेलाई भने फर्काउन नसकिने बताएका छन ।

प्रेस चौतारी नेपाल कास्कीले  आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले धम्क्याउँदै र थर्काउँदैमा नेपाली जनता आन्दोलनमा नआउने बताए । उनले भने, “नेपाली जनता ब्यारेकका सिपाइ होइनन्, सिटी बजाउँदैमा खुर्र दौडेर सडकमा आउँदैनन् ।”


नेपाली काँग्रेस र नेकपा एमालेलाई फुटाउने दाउमा एकीकृत नेकपा (माओवादी) लागेको आरोप लगाउँदै अध्यक्ष ओलीले भने, “दुवै पार्टी संविधान बनाउन एकसाथ अघि बढेका छौँ, कसैले ललिपप दिँदैमा मख्ख पर्ने हामी होइनौँ ।”

एमाले अहिले सरकार परिवर्तनको खेलमा नलागेको बताउँदै उनले पार्टीको एक मात्रै अर्जुनदृष्टि संविधान निर्माण हो भने ।

प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।





प्रतिक्रिया दिनुहोस्...