१८३ जनालाई झुण्ड्याइने


इजिप्टको एक अदालतले प्रतिबन्धित पार्टी मुस्लिम ब्रदरहुडका १८३ समर्थकलाई मृत्यु दण्डको सजाय सुनाएको छ । उनीहरुमाथि पुलिस अधिकारी मारेको आरोप लगाइएको छ ।

सैनिक कु मार्फत अपदस्त गरिएका राष्ट्रपति मोहम्मद मुर्सी नेतृत्वको मुस्लिम ब्रदरहुडमाथिको तिब्र दमन जारी रहेको समयमा अदालतको पछिल्लो फैसला आएको हो ।

मृत्यु दण्ड दिइएकाहरुमाथि पुलिसमाथि आक्रमण गरेको लगायतका अभियोग लगाइएको छ । उनीहरुलाई सामूहिक सुनुवाइमार्फत यस्तो सुनाइएको हो ।

मुर्सीलाई अपदस्त गरिएको विरोधमा सडकमा आएका उनका समर्थकलाई गत वर्ष गोली हानेर हत्या गरिएको थियो ।

मानव अधिकारबादी संगठनहरुले सरकारी कदमको कडा आलोचना गर्दै आएका छन् ।





प्रतिक्रिया दिनुहोस्...