छोरा बुहारीले कुटपिट गरि घरबाट निकाले आफ्नै आमा लाइ ..


कञ्चनपुर, माघ २१ – छोरा, बुहारीले घरबाट निकाला गरेपछि अलपत्र परेकी एक वृद्धा वृद्धाश्रमको शरण लिएर न्याय माग्दै हिँडेकी छन् । कञ्चनपुर जिल्लाको बेल्डाँडी गाविस खैरीघाटकी ७५ वर्षीया गङ्गादेवी विष्टलाई तीन महिनाअघि कुटपिट गरी घरबाट निकालिएको थियो । तीन महिनाअघि छोरा, बुहारी र नातिले कुटपिट गरी घरबाट निकाला गरेपछि उहाँ वनखेतस्थित महिला तथा वृद्धा सेवाकेन्द्रमा आश्रय लिएर बसेकी छिन् । सेवा केन्द्रको सहयोगमा उनले कुटपिटमा संलग्न छोरा, बुहारीविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएकी छिन् । झन्डै १२ वर्षअघि श्रीमान् बितेपछि गालीगलौज र कुटपिट गर्दै घरबाट निकाला गरिएको उाी बताउँछिन् । यसअघि घरबाट निकाला गरिएकी उनीलाई तत्कालीन प्रमुख जिल्ला अधिकारी हेमनाथ दवाडीले घरमा पुनःस्थापना गरेका थिए । त्यसअघि उनी दुई वर्षसम्म निरन्तर वृद्धाश्रममा बसेकी छन् । प्रशासनले पुनःस्थापना गरेपछि गालीगलौज गर्दै आएका छोरा बुहारीले तीन महिनाअघि कुटपिट गरेका थिए । घरमा बस्न नदिने भन्दै निकाला गरेपछि उनी आश्रममा आएकी थिइन् । उनले माइलो छोराको परिवारले गालीगलौज र कुटपिट गरी निकालिएको बताइन् । चार छोराकी आमा विष्टका नाति नेपाली सेनामा कार्यरत छन् । प्रहरीले कुटपिटमा संलग्न छोरालाई पक्राउ गरी हिरासतमा राखेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बमले विष्टको उजुरीका आधारमा छोरालाई पक्राउ गरिएको बताए ।





प्रतिक्रिया दिनुहोस्...