एउटा यस्तो इन्गेजमेन्ट..दुलहीले गरिन् दुलाहाको शिकार !


भनिन्छ, विवाहपछि पुरुषहरु जोइटिङ्ग्रे हुने गर्दछन् । तर यदि इन्गेजमेन्टको दिनमा नै दुलहीले दुलाहामाथि बन्दुक तेर्साउँछिन् भने बिचरा दुलाहाको सास त रोकिने नै भयो । हो, यस्तै भएको छ अमेरिकको ओरेगोनका ब्रेडी होगवोलाई – उनकी हुन लागेकी श्रीमती स्टिवी वियर्डले इन्गेजेन्टको कार्यक्रमको दौरान दुलाहालाई डोजरमा बाँधेर उनलाई उल्टो पारेर भुण्डाइन् । त्यसपछि उनीहरुले औँठी साटासाट गरे र नजिकै भएको निमन्त्रणा कार्डमा लेखिन् – शिकार पूरा भएको छ । दुबैको विवाह ५ सेप्टेम्बरमा हुने बताइएको छ । हुनत बियर्डको यो तरिका निकै अचम्मको छ तर दुबै ९ वर्षको प्रेमसम्बन्धपश्चात् विवाह बन्धनमा बाँधिदैछन् ।





प्रतिक्रिया दिनुहोस्...