आइएसका दुई लडाकुलाई फाँसी, जोर्डनी जनताले मनाए खुसीयाली


फोटो :रोयटर्स(आइएस लडाकु महिला सजिदा अल रिसावी मंगलबार जोर्डनी अदालतमा जानुअघि।)
एजेन्‍सी: जोर्डनी सरकारले पाइलट मोएज अल कसासबेहलाई जिउँदै जलाएर हत्या गर्ने आइएसका दुई लडाकुलाई फाँसीको सजाँय दिइएको छ। जोर्डनी जेलमा रहेका एक महिला सजिदा अल रिसावी र जिआद अल कार्बौलीलाई फाँसी दिइएको हो। पाइलट कसासबेहलाई जिउँदै जलाएको बदला लिएको जोर्डनी सरकारले बताएको छ। 
 
सरकारले आइएसका दुई लडाकुलाई फाँसी दिइएकोप्रति सुखी व्‍यक्त गरेका छन्। उनीहरु सडकमा उत्रिएर खुसीयाली मनाएको समाचार डेली मेलले उल्‍लेख गरेको छ। आइएसले गत डिसेम्बर महिनामा जोर्डनी पाइलट मोएज अल कसासबेहलाई आफ्‍नो कब्‍जामा लिएका थिए।  उनलाई आइएसलेगरेको २२ मिनेटको भिडियो सार्वजनिक गरेको थियो। 






प्रतिक्रिया दिनुहोस्...