ओखलढुंगा,फागुन ७ – दलालको फन्दाबाट उम्किएर आएकी च्यानमकी एक महिला विक्षिप्त अवस्थामा बुधबार महिला तथा बालबालिका कार्यालयमा आइपुगेकी छन् । २१ वर्षकी विवाहित उनी आफू बेचिन लागेको थाहा पाएपछि दलालको फन्दाबाट भागेर भागेर कार्यालयको सम्पर्कमा आएकी हुन् । ‘आफ्ना पीडा सुनाउँदै गर्दा बेहोस भएर ढल्ने अवस्थामा उनी कार्यालयको सम्पर्कमा आएकी हुन्,’ महिला विकास अधिकृत प्रवला श्रेष्ठले भनिन्,‘मानसिक तनावमा छिन् , स्वास्थ्य अवस्थासमेत कमजोर भइसकेको रहेछ ।’ परिवारका सदस्यसहित आफू बेचिनबाट बचेर आएको भन्दै कार्यालयमा आइपुगेकी महिला आफ्ना पीडा भन्दै गर्दा बेहोर भएर ढलेकी थिइन् । आजको कान्तिपुर दैनिक आफ्नो खबरको अगाडि लेख्छ – उनलाई छिमेकी महिलाले ललाई फकाई अर्कैसँग विवाह गर्ने योजना बनाएर केही दिनअघि रातको समयमा घरबाट भगाएर एक अपरिचित पुरुषको साथमा काठमाडौं पुर्याएकी थिइन् । काठमाडौंमा पुगेपछि बेचिन लागेको थाहा पाएर माग्न सफल भएको पीडित महिलाले बताइन् ।
नक्कली बिहे गरेर बेच्न खोजेपछि…