युवराजको विषयलाई लिएर मिडियाप्रति किन यसरी आक्रमक भइन् प्रिती जिन्टा ?


एजेन्सी, अभिनेतृ प्रिती जिन्टाले ट्वीटरलाई फेरी एक पटक आफ्नो रिस पोख्ने साधन बनाएकी छन् । यसपटक प्रितीले आफ्नो र क्रिकेटर युवराज सिंहको सम्बन्धका बारेमा सफाई ट्वीटमा दिएकी छन् । ट्वीटरमा प्रितीले लेखेकी छन्, ‘मैले कतिपटक भन्नु पर्छ कि मैले युवराज सिंहसँग न त कहिल्यै डेटिङ गरे न त त्यस्तो अपेक्षा नै राखेकी छु ।’ प्रितीले यस ट्वीटपछि एक अर्काे ट्वीट गरिन जसमा लेखिन, यस्ता कमेन्ट धेरै सेक्सका विषयमा र धरै घटिया हुन्छन् । कृपया यो लेख्न बन्द गरिदिनु कि युवराज र प्रिती सम्बन्धमा थिए ।’ लामो समयसम्म प्रिती जिन्टा र उद्योगपति नेस बाडियाबीच सम्बन्ध रहेको थियो । गत वर्ष प््िरतीले नेस बाडियाका विरुद्ध उत्पीडन गरेको आरोमा मुद्दा हालेकी थिइन्।





प्रतिक्रिया दिनुहोस्...