बिचरा ! यस्ती अबोधमाथि कुन दुष्टको नजर पर्यो ?
काठमाडौं, फागुन १७ – कान्ति बाल अस्पताल महाराजगंजको ‘पिआइसियु’ कक्षमा भएका करिब आधा दर्जन बिरामी मध्ये कलैयाकी पुजा शाहको सिरानीमा अड्याईएको अत्याधुनिक मेशिनबाट बेला–बेला ‘टिंट टिंट’ आवाज निस्किरहन्छ । आवाजको रफ्तार बढेपछि कलैया नगरपालीका–८ बाराका नारायण शाह कलवारलाई ‘केभो केभो’ भनेजस्तो हुन्छ । त्यसपछि मन दह्रो बनाएर उनि ‘पेडीनेटनल आईसियु’ कक्षवाट बाहिरिन्छन् । पिआईसियुको संघार छाडेर गाउन कच्याक कुचुक पारेर लामो स्वास लिँदै उनले भने, ‘आशै छैन, खाली अक्सिजनको भर छ, अक्सिजनको पाईप निकालेपछि उनी यो संसारमा हुन्नन्,डा.साहेवले पनि त्यहि भन्नुभयो,’ कलवारले रातोपाटीसँग भने ।
गएको फागुन ९ गते शुक्रवार साँझ ५–६ बजेको बीचमा कलैया नगरपालीकामा रहेको नारायण शाह दम्पतीको कस्मेटीक पसल आसपास दौंतरीहरुसँग लुकामारी खेल्दाखेल्दै पूजा गायब भएकी थिईन् । ६ बर्षिय अवोध छोरी एकाएक बेपत्ता भएपछि कलवार दम्पती रातभर निदाउन सकेनन् । निदाउन पनि कसरी ? त्यहि साँझ प्रहरी गुहार्न पुगेका नारायण शाहका परिवारले शनिवार बिहान करिब १२ बजेतिर ति अबोधलाई बजार नजिकै फोहोरको थुप्रो सँगै फेला पारे । ‘गाउँलेहरु फोहोर फाल्न जाँदा देखेछन्,हामी पुग्दा पुजा छटपटाईरहेकी थिइन्,’ नारायणले भने ।
त्यस्ती अवोधलाई बलात्कार गरेर छाडेपछि पिडा सहन नसकेर छटपटाउँदा यौनीमा काठको टुक्रा भेटिएको पूजाका पिता नारायणले बताए । तत्काल बिरगञ्ज स्थित नारायणी अंचल अस्पताल पु¥याउँदा पुजामाथि बलात्कार भएको भन्दै उनलाई काठमाडौं लैजान अस्पतालले सिफरीस ग¥यो । ‘काठमाडौंका लानका लागी सिफरीश गर्नुअघि अंचल अस्पतालका डाक्टरले भन्नुभएको थियो, रेप गरेर योनीमा काठको टुक्रा हालिदीएको रहेछ,’कलवारले भने । नारायणी अंचल अस्पतालका डाक्टरले पुजाको अवस्था खराव रहेको भनेपछि बिरगंजका एसएसपी मनोज न्यौपानेले पुजालाई काठमाडौंसम्म पु¥याउनका लागी हेलीकोप्टर मगाईदिए । तुरुन्ता–तुरुन्तै बाल अस्पतालमा भर्ना गरेपनि आजसम्म पुजाको होस खुलेको छैन । आईतबार मध्यान्न कान्ति बाल अस्पतालको ‘पिआईसियु वार्ड’मा रहेको ११८ नं बेडमा पुग्दा पुजाको मुख भुकभुक्ती सुन्निएको थियो ।
काठमाडौं गएदेखि पुजाको अवस्था बुझ्न कान्ति बाल अस्पताल पुग्नेहरुको भिड अझै घटेको छैन । केही दिन अघि अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य अनिल शर्माको नेतृत्वमा गएका विद्यार्थी नेताहरुसँग पनि पुजाका पिता नारायण शाह अपराधीलाई कडा सजाय हुनुपर्ने माग गर्दै थिए । गृहमन्त्री देखि सयौं पत्रकार र मानवअधिकारवादीले चासो राखेर कान्ति बाल पुगे तर एक एक बचन सोध्न पाएका छैनन ‘नानी अहिले कस्तो छ ?’ किनकी उनी अचेत अवस्थमा पल्टिरहेकी छिन् । पुलिस केश परेकाले एक न एक प्रहरीले त्यो उनको निगरानी गर्न छाडेका छैनन् ।
उनको स्वास्थ्य अवस्था बारेको चासो र अपराधीलाई कडा कारवाहीका लागी सर्वत्र आवाज उठेका छन् । हिजो शनिवार मात्र राजधानीमा आयोजित खुल्ला सभामा बोल्दै एमाओवादी अध्यक्ष प्रचण्डले पुजाको बलात्कारीलाई फाँसीको सजायँ हुनुपर्ने कानुनी व्यवस्थाको खाँचो औंल्याएका थिए ।
काठमाडौं ल्याएदेखि छोरीले न आँखा खोलेकी छिन् न एक बचन ओठ फड्कालेर ‘बाबा’ भन्न सकेकी छिन् त्यसैले त नारायण शाह अहिले दुःखमा छन् । आईतवार पंक्तिकार पुग्दा उनी हस्पिटल बाहिरतिर टोलाईरहेका थिए । पंक्तिकारले दर्जन आग्रह गर्दा पनि उनी ‘पिआइसियु’ वार्डको २१८ नं वेडमा जाँनै मानेनन् । भन्दै थिए ‘त्यहाँ गएर पुजाको मुहार हेर्नै सक्तिन, भाउन्न भएर त्यहि लड्छु जस्तो हुन्छ ।’