संविधानसभा अगाडि युवाहरुको अर्धनग्न नाच


काठमाडौं, फागुन १७ – आइतबार राजधानीमा लगातार बर्सिरहेको झरीका बीच सडकमा निस्कन धेरैजना हिच्किचाई रहेका थिए । तर, कन्चनपुर, पाल्पा र नवलपरासीका तीन युवा राजधानीका गोंगवुबाट नाङ्गो

शरीर भरि ‘संविधान खोइ’ लेखेर काठमाडौंको गल्ली गल्ली घुमिरहेका थिए । खुट्टामा चप्पल समेत नलगाएका युवाहरु जब राजधानीको बुद्धनगर पुगे, प्रहरीले रोक्यो । निषेधित क्षेत्र प्रवेश गर्न नपाएका युवाहरु अनामनगरको बाटो हुँदै थापागाँउ संविधानसभा पश्चिम ढोकाबाट संविधानसभा अगाडि पुगेर नाच्दै उफ्रिए, धर्ना दिए अनि भाषण गरे । संविधानसभा भवनअघि संविधान मागेर धर्ना दिएको लामो समयसम्म पनि सुरक्षा कर्मीहरु बेखबर थिए । केही समयपछि सुरक्षाकर्मी आए र उनीहरुलाई प्रहरी भ्यानमा हालेर लगे । हेरौ राजधानीमा युवाहरुको नाङ्गो जुलुसका केही झलकहरु




प्रतिक्रिया दिनुहोस्...