नायिका सोनम कपुरलार्इ स्वाइन फ्लु
फोटो :एजेन्सी
एजेन्सी : बलिउडकी चर्चित नायिका सोनम कपुरलार्इ स्वाइन फ्लु भएको छ । उनलार्इ स्वाइन फ्लु भएपछि उपचारका लागि मुम्बर्इको राजकोटस्थित स्टर्लिङ्ग अस्पतालमा भर्ना गरिएको छ ।
नायक अनिल कपुरकी छोरी सोनमको मेडिकल परीक्षणका क्रममा स्वास्थ्य रिपोर्ट पोजेटिभ आएपछि उनलार्इ अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सोनम हाल अस्पतालमा डाक्टर चिराग मत्रवद्याको निगरानीमा रहेकी छन् । केही हप्ता अघि सोनमले कम्जोरी महसुस गरेपछि मुम्बईकै अस्पतालमा भर्ना भएकी थिइन् ।
सोनम राजकोटको गोन्डेलको नजिकै रोयल प्यालेसमा सुरज बडजात्याको फिल्म 'प्रेम रतन धन पायो' को सुटिङमा ब्यस्त थिइन् । सो स्थानमा यसअघि 'हम दिल दे चुके सनम' को सुटिङ पनि भएको थियो ।
यो फिल्ममा सलमान खान र अनुपम खेर पनि गोन्डलमा उपस्थित थिए । अनुपम खेरले गरेको ट्वीट अनुसार त्यहाँ फिल्म सुटिङ गर्ने काम सम्पन्न भइसकेको छ ।