झापामा नब्बे हजार पर्ने एक हल राँगा चोरी भएपछि……


झापा, फागुन १७– केही दिनयता झापा तीनवटा गाविसमा चोरको विगविग बढेको छ । साँझ पर्न नपाई घरमा राखिएको मोवाइलदेखि थलोबाट गाई–गोरु तथा राँगा हराउन थालेपछि सर्वसाधरण आक्रान्त बनेका छन् ।
दिनैपिछे लाग्ने चोरले गाई, गोरु र रागाँ चोरेपछि कतिपय किसानको गुजारा चल्न छोडेको उनीहरुको गुनासो छ । पुस २७ गते दुहागढी–६ का टंकप्रसाद शिवाकोटीको ९० हजार मूल्य पर्ने एक हल राँगा चोरी भयो ।
सोही दिन सोही वडाका किरन लिम्बूको हल गोरु पनि चोरले सुइक्याँयो । दुई घरमा चोर लागेको घटना उनीहरुलाई अर्को दिन विहानमात्रै थाहा भयो । छिमेकीलाई हारगुहार मागेर चोरी भएको हल रागाँ र गोरुको खोजीमा लागे तर, कहिकतै पत्तो पाएनन् ।

यो त चोरीको घटनाको एउटा उदाहरण मात्रै हो । धाइजन–७ का दिलीप दाहालको एक हल रागाँ चोरी हुँदा उनको दैनिकी नै ठप्प भएको छ । एकवर्षअघि ८० हजारमा किनेको हल रागाँ गत फागुन ३ गते चोरी भएपछि परिवारको गुजारा टार्ने मेलोमेसो नै गुमेको दाहालको भनाई छ ।
५ यता रागाँ गाडाबाट परिवारमा हातमुख जोड्न र छोरा–छोरीको शिक्षादिक्षामा दिइदै आएका दाहालले गाडा ढुवानीबाट दैनिक १० देखि १५ सयसम्म कमाइ गर्ने गरेका थिए ।
सामुदायिक वनको लकडी ढुवानीदेखि हाटका दिन धुलाबारी–चारआली लगायतका बजारमा व्यापारीको पोका ढुवानी गर्दै आएका थिए । परिवारका लागि जीवीकोपार्जन गर्न हस्टे पु¥याउने एकमात्रै माध्यम एक रागाँ थियो, चोरी भएपछि निराश भएको छु दाहालले भने–‘रागाँ चोरी भएपछि दुईचक्के गाडाको कामै भएन । ४ वर्ष अघि २५ हजारमा बनाएको गाडा पनि विग्रिने अवस्थामा पुगेको छ ।’
एक महिनाको अवधिमा दुहागढी, धाइजन र मागुरमाडी गाविसबाट ११ घरबाट हल गोरु र रागाँ चोरी भएको स्थानीयको भनाई छ । फागुन ४ गते मागुरमाडी–४ का फुलकुमार राईको रागाँ चोरी भएलगत्तै सोही ठाउँका उमेश आचार्यको १ लाख मूल्य बराबरको रागाँ चोरी भएको थियो ।
रागाँ चोरी भएलगत्तै राति गाउँलेले रागाँ खोजी गर्ने क्रममै शंकास्पद अवस्थामा स्थानीय चन्द्र किसानलाई राति १२ वजे फेला पारेका थिए । किसानसँग सोधखोज गर्दा बहिनीको घरबाट फर्केको बताएपछि गाउँले किसानका बहिनीको घरमै पुगे ।
तर, किसान र उनकी बहिनीको संवाद मिल्दोजुल्दो भएन । संवाद नमिलेपछि छिमेकीलाई सत्य नभनेको भन्दै आक्रोशित स्थानीयले किसानलाई हातपात पनि गरे ।
त्यसपछि शंकालाई चिर्न किसानलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा बुझाएको रोम आर्चायले बताए । किसानको अभावमा परिवारको चुल्हो नबल्ने अवस्था आएपछि स्थानीय जुटेर किसानलाई प्रहरीको हिरासतबाट निकालेका थिए ।
किसानलाई निकाले लगत्तै स्थानीय त्रिलोचन पौडेलले आफू नगरपालिकाको कर्मचारी भएको जनाउँदै पीडित आचार्यमाथि अव्यवहारिक शब्द प्रहार गरेको स्थानीयको भनाई छ ।
पौडेलले २० हजार रकम दिए चोरीको घटना समाधान हुने जस्ता अनैतिक र अव्यवहारिक शब्द बोलेको आर्चायले बताए । सोही विषयलाई लिएर मागुरमाडीमा आइतबार रागाँ–गोरु धनीको भेलाले पौडेललाई कारवाही गर्न प्रहरीलाई गुहारेका थिए ।
प्रहरीले घटना हेरेर दुवै पक्षलाई इप्रका धुलाबारी बोलायो पनि । मेची नगरपालिकाका कर्मचारी पौडेल र स्थानीय दुवै पक्षबीचको छलफलमा पौडेलले बोलेको प्रमाण जुटाउन नसकिएको आचार्यको भनाई छ ।
चोरी–डकैतिको घटना दिनैपछि हुने गरेपछि केही व्यक्तिको नाम नै किटान गरी इलाका प्रहरी कार्यालय धुलबारीमा निवेदन दिँदा पनि प्रहरीले मुकदर्शक बनेको पीडित शिवाकोटीको भनाई छ । उनले गत माघ ४ गते निवेदन दिएको बताए ।






प्रतिक्रिया दिनुहोस्...