कान्तिपुर एफएम पछाडि हत्या भएको व्यक्तिका हत्यारा पक्राउ


यसरी पक्राउ परे हत्यारा

ललितपुरस्थित कान्तिपुर एफएम पछाडि गत भदौ ६ गते हत्या भएका व्यक्तिको हत्यारा प्रहरीले पत्ता लगाएको छ।
काभ्रे उग्रतारा १ निवासी २२ वर्षी राजु भनिने प्रज्वल खत्रीका हत्यारा विशाल लामालाई प्रहरीले शनिबार काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको हो।
धारिलो हतियार प्रहार गरी छुरीले घाटी रेटेर खत्रीको हत्या गरि फरार रहेका ललितपुर बुंमती वर्ने ३५ वर्षीय विशाल लामा घलान भन्ने लालबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले गरेको अनुसन्धानबाट यस्ता कुरा खुल्न आएका थिए।
अनुसन्धानबाट खुल्न आएका कुराहरुः
 राजु भन्ने प्रज्वल खत्री र विशाल भन्ने लालबहादुर तामाङ्ग बिच७/८ बर्ष अगाडि देखिको चिनजान रहेको।
 राजुले पकेटमारी काम गर्ने गरेको निजले चोरी, पकेटमारी ल्याएका मोवाईल निज विशाल लामाले विक्री गर्ने गरेको। त्यही कारणले गर्दा निजहरु बिचको सम्बन्ध घनिष्ठ हुनगएको।
 एक दिन राजुले दिएका सामान विक्री गर्ने क्रममा जावलखेल प्रहरीले विशाललाई पक्राउ गरेको, सो सम्बन्धमा सामान कहाँबाट ल्याएको भनि सोधपुछ गर्दा राजु लगायतका राजुका साथीहरुले सामान दिएको कुरा प्रहरी सामु बताएको।
 जावलाखेल प्रहरीले राजु लगायतका राजुका ३ जना साथीहरुलाई पक्राउ गरेको। त्यस पश्चात राजुले विशाललाई प्रहरीको सुराकी भनि सम्बन्ध विग्रन गएको।
 राजु र विशालको सम्बन्ध घटना घटेको ३/४ महिना अगाडिदेखि मात्र सुध्रिएको। कहिलेकाँही सँगै खानपीन गरी बस्ने गरेको।
 घटना घटेको दिन सानो भाईको कोठामा विशाल लामा प्रवेश शाक्य समेत ३ जना मिली रक्सी खाएको। सोही क्रममा राजुले फोन गरी विशाल लामालाई कहाँ हो भनि सोधेको।
 त्यसै दिन बेलुका ६ बजे तिर सानो भाईको कोठाबाट निस्कने क्रममा राजुसँग सौगल गल्लीमा भेट भएको। त्यस पश्चात दुवै जना मंगलबजार हुँदै नटोल गई रक्सी खरीद गरेको।
 सो खरीद गरेको रक्सी राजु र विशाल लामा दुवै जना भई पुल्चोकस्थित कान्तिपुरको डाँडामा रहेको विहारको सिंडीमा बसी पिएको। त्यस पछि दुवै जना त्यहाँबाट उठी पिसाप फेर्न भनि कान्तिपुर पछाडिको मकैवारीमा गएको।
 पिसाब फेर्ने क्रममा राजुले विशाललाई पुराना कुरा निकाली ईटाले टाउकोमा प्रहार गर्‍यो,त्यसपछि विशाल लामा २/४ कदम पछाडि सर्‍यो सोही क्रममा राजु अगाडी बढी बायाँ हातले विशालको सर्ट समाती दाहिने हातले छुरी देखायो।
 एक हातले राजुको छुरी समातेको हात समाती अर्को हातले राजुको घाटी कस्यो, घाटी कस्ने क्रम अं. ५/७ मिनेट जति भएपछि राजुको बोली बन्द भई भुईमा ढल्यो।
 भुईंमा ढलेको ४/५ मिनेट हेरिरर्‍यो, त्यस पश्चात सोही छुरीले राजुको घाटी रेटी हत्या गरी त्यसपछि उक्त छुरी नटोलको फोहोर फाल्ने ठाउँमा फाली कोठामा गएको।
 घटना घटेको दोस्रो दिन विशालले आफ्ना साथी प्रवेश शाक्य र सानो भाईलाई आफूले गरेको सम्पूर्ण कार्य भन्दा उनीहरुले जावलाखेल प्रहरीमा गई आत्म सम्पर्ण गर्ने सल्लाह दिएको। निज विशालको मनले नमानी आफन्तसँग २० हजार सापटी लिई विरगंजहुँदै भारतको रक्सौलबाट मुम्वई गएको।
 करिब ७ महिना जति मुम्वईमा बसेको, त्यस पछि मिति २०७१।१२।१३ गते नेपाल फर्केको।
 मिति २०७१।१२।१४ गते बिहान ९ बजे तिर का.जि.का.म.न.पा. २२ सुन्धारामा घुम्ने क्रममा प्रहरीले पक्राउ गरी यस महाशाखामा ल्याईएको।





प्रतिक्रिया दिनुहोस्...