यसरी जलाए डा केसीका विद्यार्थीले शिक्षण अस्पतालको सर्टिफिकेट


Teaching-Hospital-12.13मिडिया एनपी, काठमाडौँ । डा गोविन्द केसीको पक्षमा एक पछी अर्को गर्दै जनमत बढ्दै गइरहेका बेला उनका विद्ययार्थीले त्रिवि शिक्षण अस्पतालमा आन्दोलन चर्काएका छन् । त्रिवी शिक्षण अस्पतालमा ओपीडि सेवालाई बन्द गराएका आवासीय चिकित्सकहरुले शैशिक माफियाको विरोध गर्दै आफुसँग भएको त्रिभुवन विश्वविद्यालयको सर्टिफिकेटको फोटोकपी जलाएका छन् । आजवाट त्रिवी शिक्षण अस्पतालको नाम परिवर्तन गरेर अटोनोमस युनिभर्सिटी राखेका छन् ।
शुक्रवार प्रदर्शन गर्दै एमविवीएस अध्ययनरत डा विद्यार्थीहरुले अस्पतालको नाम लेखिएको मुख्य बोर्ड समेत छोपेर अटोनोमसलाई प्रामिकता दिएका छन् । डा विद्ययार्थीले ‘धरान अस्पतालले जस्तै शिक्षण अस्पतालले पनि स्वायत्तताको मान्यता पाउनुपर्छ भन्दै नाम फेरेको जनाएका छन् ।





प्रतिक्रिया दिनुहोस्...