बिहेपछि झरना भन्छिन्-‘अब मलेसियामा ध्यान केन्द्र खोल्छु’


gharana-and-rahul
नायिका, मोडल तथा पूर्व मिस नेपाल झरना बज्रचार्यले केही दिन अगाडि बिहे गरिन् । भारतीय मुलका मलेसियन नागरिक राहुल अग्रवालसँग उनले बिहे गरेकी हुन् । बिहे गरेपछि झरना र राहुल मुस्ताङ, जोमसोमममा हनिमुन मनाएर पनि फर्किसकेका छन् । उनीहरु अब १५ दिन भित्र मलेसियातर्फ लाग्दैछन् । बिहे गरेपछि नायिका झरना बज्रचार्यले अनलाइनखबरसँग कुरा गर्दै आफ्नो योजना यसरी खुलाएकी छिन् ।
बिहे नहुँदा पनि सक्रिय थिइन्
मैले चलचित्र क्षेत्र र म्यूजिक भिडियोको दुनियाँलाई चटक्कै माया मार्न सक्दिन । जसका कारण पनि राम्रो कथावस्तु आएको खण्डमा नेपाल आएको समयमा चलचित्र गरिहाल्छु । म म्यूजिक भिडियो त भोली नै एउटा गर्दैछु ।
तर, पनि बिहे भएपछि मानिसको दिनचर्या र शैली त बदलिहाल्छ । फेरि, श्रीमान्को घरमा गएपछि त सबै कुरा आफूले भनेजस्तो पनि कहाँ हुन्छ र । फेरि, म मलेसियामा रहने भएकाले पनि पहिलो जस्तो चलचित्र र भिडियोमा सक्रिय हुन सक्दिन । मैले बिहे अगाडि पनि खासै धेरै चलचित्र र भिडियो कहाँ गरेको थिएँ र ?
नेपाल त मिस भैहाल्छ नि !
जब म कहिलेकाही कार्यक्रमका लागि देश बाहिर जान्थे, तब मात्र नेपालका साना-साना कुराहरु मिस हुन्थे । मेरो आमा-बुबा र परिवार नै यही भएकाले मलाई यहाँको माया लागिहाल्छ ।
यहाँको जस्तो त बाहिर गएर कहिले पनि हुन्छ जस्तो लाग्दैन मलाई । तर, पनि हाम्रो समाजमा बिहे भैसकेपछि श्रीमान्सँग बस्नुपर्ने चलन छ । यसैले पनि म श्रीमान्सँग नै रहन्छु ।
मलेसियामा ध्यान केन्द्र चलाउँछु
मैले अहिले पनि नेपालमा ध्यान केन्द्र नै चलाइरहेको छु । मलेसिया पुगेर पनि म यसलाई निरन्तरता दिन्छु । मलेसियामा पनि मेरो ध्यान केन्द्र संचालनमा आउनेछ । साथमा श्रीमान्को व्यवसायलाई पनि निरन्तरता दिन्छु । अरु त हेर्दै जाउँ न के-के हुन्छ ।
Source: onlinekhabar.com





प्रतिक्रिया दिनुहोस्...