News
»
इलाममा श्रीमान–श्रीमति झुण्डिएको अवस्थामा भेटिए
इलाममा श्रीमान–श्रीमति झुण्डिएको अवस्थामा भेटिए
चैत १८–इलामको पुवामझुवा–९ का एक दम्पती मृत अवस्थामा भेटिएका छन् । एक सातादेखि घरबाट हराइरहेका हर्कसिंह सुनुवार र निङ्मादिसुकी नुवार झुण्डिएको अवस्थामा शनिबार दिउँसो जङ्गलमा फेला परेका हुन् ।
घरदेखि धेरै टाढा रहेको बुलडाँडा भन्ने जङ्गलमा सल र लहरमा झुण्डिएको अवस्थामा उनीहरुको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । उनीहरुको खोजी गर्ने क्रममा उनका भाइले भेटेर प्रहरीलाई खबर गरेका थिए । रातोपाटी डटकमले यो खबर लेखेको छ ।
Source-www.ratopati.com
प्रतिक्रिया दिनुहोस्...