राष्ट्रपतिसँगको भेटवार्तापछि चीनबाट ९ सय मिलियिन युआन सहयोगको घोषणा


फोटो :बोआवो सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति डा. रामवरण यादव
काठमाडौं : राष्ट्रपति डा. रामवरण यादवको चीन भ्रमणको अवसरमा चीन सरकारले नेपालका विकास आयोजनाका लागि ९ सय मिलियिन युआन अनुदान सहयोगको घोषणा गरेको छ। 
 
चीन भ्रमणमा रहेका राष्ट्रपति सी जिन पिङसँग भेटवार्तापछि शनिबार अनुदान सहयोगको घोषणा भएको हो गत बिहीबार साताव्यापी चीन भ्रमणमा गएका राष्ट्रपति डा. यादवले शनिबार चिनियाँ राष्ट्रपति पिङसँग हाइनानमा दुई पक्षीय भेटवार्ता गरेका हुन्। 
बोआवो सम्मेलमा उद्घाटन समारोहलाई राष्ट्रपति डा. यादवले शनिबार नै सम्बोधन गरेका छन्। यादवले शनिबार स्वीडेनका राष्ट्रपति र अष्ट्रेलियाका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेको बेइजिङस्थित नेपाली दूताबासका काउन्सिलर रामप्रसाद सुवेदीले बताए। चीनबाट प्राप्त सहयोग अनुदान अरनिको राजमार्गको सुधार तथा विस्तारका लागि खर्च गरिने चीनका लागि नेपाली राजदूत महेश मास्केले अन्नपूर्णसँग बताए ।  




प्रतिक्रिया दिनुहोस्...