'प्रचण्डको हत्या गर्ने योजना प्रभु साहले बनाएका छन्'
वीरगन्ज : एमाओवादीका नेताहरुले पोलिटब्यूरो सदस्य प्रभु साहले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को हत्या गर्ने योजना बुनिरहेको खुलाशा गरेका छन्।
वीरगन्जमा शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य एंव सभासदहरु अशोक जयसवाल र सत्यनारायण भगतले साहले अध्यक्ष प्रचण्डको हत्या गर्ने योजना बुनिरहेको खुलाशा गरेका हुन् ।
पोलिटब्यूरो सदस्य साह नेता बाबुराम भट्टराई पक्षधर हुन् भने जयसवाल र भगत अध्यक्ष प्रचण्ड पक्षधर हुन्। सभासद एंव केन्द्रिय सदस्य जयसवालले भने ,केही समय यता अध्यक्ष प्रचण्डले आफु असुरक्षित भएको भन्दै आउनु भाको छ ,यसको कारक प्रभु साह पनि हुन् । जयसवालले जिल्लामा आफु सहितका केही नेताहरुको हत्याका लागि साहले गिरोह नै परिचालन गरेको बताए ।
साह अपराधिक गिरोहका नाइके रहेको भन्दै उनले भने,‘प्रभु साह राजनीतिको खोल ओढेको अपराधिक गिरोहको सरदार नै हो ।२०६३ साल चैतमा भएको गौर हत्याकाण्डको मुख्य योजनाकार पनि साह नै रहेको भन्दै केन्द्रिय सदस्य जयसवालले साहकै निर्देशनमा वीरगन्जमा हिन्दु युवा संघका अध्यक्ष काशीनाथ तिवारीको पनि हत्या भएको जिकिर गरे ।उनले नेता बाबुराम भटटराइले संरक्षण दिएकाले पार्टी अध्यक्ष प्रचण्डले साहलाइ पार्टीका तर्फबाट कार्वाही गर्न नसकेको बताए ।annapurnapost
