मलेसियामा एक जना नेपालीलाई मृत्युदण्डको फैसला


मलेसिया, फागुन १७– मलेसियामा भएको एनआरएनको कार्यक्रममा सम्बोधन गर्दै महामहिम रजदूत डा. निरन्जन मान सिंह बस्नेतले अधिकार सम्पन्न उच्च स्तरीय वैधानिक रोजगार आयोग बनाउनुपर्ने धारणा राखेका छन् ।
नेपालीहरु जानी–जानी ठगीरहेकोले आयोग मार्फत सम्बोधन गर्न सकिने र नेपाल सरकारलाई कुरा गरेको समेत बताए । हाल १० लाखको हाराहारीमा नेपाली रहेको भन्दै कर्मचारीको अभावले काम गर्न नसकिएको र आफू आएदेखि धेरै सुधार समेत भएको बताए ।
आफ्नै पहलमा अवैधानिक कामदारलाई नेपाल पठाईरहेको र फेरि पनि यहाँको सरकारसँग अनुरोध गरेर नेपाल पठाउन लागेको समेत कार्यक्रम जानकारी दिए ।
अघिल्लो २०१४ को सेप्टेम्बरदेखि डिसेम्बरसम्ममा २४ हजार अवैधानिक नेपाली कामदार नेपा गएको र यो अवसरको पनि फाइदा लिन अवैधानिक कामदारलाई कनुरोध गरेका छन् । जम्मा मलेसिया रुपैयाँ १२८० मात्र लाग्ने र दलालको फन्दामा नपर्न समेत अनुरोध गरेका छन् ।
हाल मलेसियाको जेलमा ३२२ रहेको र डिपोर्ट क्याम्पमा ३५७ जना रहेको र क्याम्पमा रहेकालाई घर फर्किने पहल भइरहेको छ, भन्दै जेलमा रहेकालाई आफूले केही गर्न नसक्ने र कैद भुक्तानी भएपछि चाँडो नेपाल फर्कन समेत कार्यक्रममा भने ।
एक जना नेपालीलाई यहाँ मृत्युदण्डको फैसला भएको भन्दै उसलाई मृत्युदण्डबाट जोगाउन पहल कदमी सुरु भएको र राम्रो समाचार आउनेमा समेत दूतावास रहेको छ राजदुतले भने ।
नेपाली कामदार लिएर दुख दिने उपचार नगर्ने मानसिक र शारीरिक यातना दिने तलब नदिने ७९ कम्पनीलाई कालो सूचिमा राखेर कारबाही समेत चलाइएको दूतावासले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्...