पाल्पामा ससुरा बुहारीको अनैतिक सम्बन्धपछि जन्मेको बच्चालाई मारेर गाडिएको शब (हेर्नुस भिडियो )
एनपी न्युज
ससुरा बुहारीको अनैतिक सम्बन्धपछि जन्मेको बच्चालाई दुवै मिलेर मारेर गाडेको अभियोगमा पाल्पा प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ। गोठादी–८ दमारका ५३ वर्षीय ससुरा तिलबहादुर रेश्मी र उनकी आफ्नै बुहारी २६ वर्षकी अम्बिसरा रेश्मीले यसरी बच्चा जन्माएर मारेको अभियोगमा प्रहरीले गिरफ्तार गरेको हो। उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याइ आवश्यक अनुसन्धान भइरहेको छ।

गाउँमा उनीहरुको क्रियाकलाप शंकास्पद लागेपछि गाउँ गस्ती गएको प्रहरी टोलीले छानबिन सुरु गरेको थियो। झडेवाको माथा प्रहरी चौकीबाट गएको हवल्दार सन्तोष रेग्मी नेतृत्वको गाउँ गस्ती टोलीले शंका लागी छानबिन गर्दा उनीहरुले बच्चा जन्माएर मारेको तथ्य फेला परेको थियो। बच्चा मारेको पुष्टि हुने आधार पाएपछि माथा चौकीले जिल्ला प्रहरी कार्यालय पाल्पामा खबर गरेको थियो। त्यसपछि जिल्लाबाट गएको टोलीले गाडेको ठाउँमा खनेर बालकको शव भेट्टाएको हो। शव कालो झोलामा पोको पारेर गाडेको अवस्थामा थियो।स्रोत :करुवा पत्रिका
हेर्नुस भिडियो :