विदेशी युवती फेवातालमा बेपत्ता
| फेवाताल पारी युनिक टेण्ट भिल्ला नाम गरेको होटल संचालनको तयारी गरीरहेकी एक युवती गत बिहिवार देखी फेवातालमा डुबेर बेपत्ता भएकी छन्। | |
डुङ्गामा सवार अन्य तिन जना पुरुष भने पौडी खेलेर पारी उत्रिएका थिए । पौडी खेलेर उत्रिएपछि, रातीनै प्रहरीले त्यहाँबाट अस्पताल लगी उपचार गराएर होटलमा छाडेको थियो । युवतीसँगै उनी सवार डुङ्गा समेत डुबेको थियो । जुन अहिले सम्म भेटिएको छैन। नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शनिबार समेत दिनभर खोजी कार्य जारी राखेपनि, केही उपलब्धी हात पारेको छैन । शनिबार प्रहरीले युवती सँगै डुबेर बच्न सफल भएका अन्य पर्यटकहरुलाइ समेत लगेर दुर्घटना स्थलमा खोजी गरेको थियो। ‘उनिसँगै डुबेका पोल्याण्डका पर्यटकहरु नेशनल ज्योग्राफिक च्यानलमा जस्तै पानी मुनी गएर खोज्न पर्यो भन्छन् । ’वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक बिरेन्द्र गोदारले भने - त्यस्तो उपकरण हामीसँग मात्र हैन, नेपालमै छैन । घटना स्थल वरपर डाइभ हानेर खोजेका छौ । पोल्याण्डकै नागरिकको लगानीमा खुल्न लागेको युनिक टेण्ट भिल्लामा ति महिला फाइनन्सियल म्यानेजर हुन् ।गत सेप्टेम्बरबाट, उनी नेपाल बसेर होटल निर्माणको काममा संलग्न थिइन् । उनका अन्य ब्यवसायिक साझेदार पहिला देखीनै पोखरामै बसेर होटल निर्माणको काममा संलग्न थिए। |
