अभिभावकलाई ढाँटेर हिडेका वेलायती युवती आइएसमा आबद्ध
काठमाडौं, फाल्गुन १७ । बेलायतबाट भागेर सिरिया पुगेका तीन बेलायती युवती इस्लामिक आतंकबादी संगठन आईएसमा आवद्ध भएका छन् ।
हालै सार्वजनिक गरिएको सीसीटीभीको फुटेजमा ती तीन युवती १८ घण्टासम्म टर्कीको राजधानी इस्तानबुलको बस स्टेशनमा रहेपछि सिरियाको बोर्डर पुगेको देखाइएको छ ।
त्यहीबेला आईएसका कार्यकर्ताहरुले गाडीमा हालेर लगेको देखाइएको छ । अभिभावकसँग एक रातका लागी बाहिर जान अनुमति मागी हिंडेका ती युवती आईएसमा सामेल हुनकै लागि सिरिया पुगेको बताइन्छ ।
१५, १६ र १७ बर्ष उमेर समूहका तीन युवतीलाई तिनका परिवारजनहरुले अझै पनि घर फर्कन अपील गरिरहेका छन् ।
ती तीन युवतीहरुले आफूहरु आइएसबाट प्रभावित भएको प्रतिक्रिया परिवारजन र साथीहरु माझ गर्ने गरेको बेलायती अधिकारीहरुले बताएका छन् ।