मोबाइल चार्ज गर्दा गर्दै ज्यान गयो
काठमाडौँ, १७ फागुन । मोबाइल चार्ज गर्दा गर्दै सिन्धुपाल्चोकमा एक महिलाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ८ गिरानचौर घर भएकी महिलाले साँझ मोबाइल चार्च गर्न खोज्दा करेन्ट लागेर उनको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले दिएको जानकारी अनुसार ३१ वर्षीया मनुमाया दोङ दामाङको मोबाइल चार्र्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएकी तामाङलाई उपचारका लागि स्वास्थ्य केन्द्र लाने क्रममा बाटोमै मृत्यु भएको हो । हाई भोल्टेजका कारण करेन्ट लिक भएको र मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको प्रहरीले अनुमान गरेको छ ।