न्वारनको डोरो लगाइएको शिशु मृत अवस्थामा भेटियो
काठमाडौं: राजधानीको गौशालास्थित बागमति किनारमा शिशु मृत अवस्थामा भेटिएको छ। तिलगंगा आँखा अस्पतल नजिक रहेको बागमती खोला किनारमा फ्याकिएको अवस्थामा भेटिएको हो। उक्त शिशुको शवलाई गौशाला प्रहरीले पोस्टमार्टमका लागि लगेका छन्।
अन्दाजी एक महिनाको देखिने शिशुको हात र खुट्टामा न्वारनपछि लगाइने कालो डोरो बाधिएको छ। शिशु कस्को हो भनेर केही नखुलेको गौशाला प्रहरीले जनाएको छ।
अन्दाजी एक महिनाको देखिने शिशुको हात र खुट्टामा न्वारनपछि लगाइने कालो डोरो बाधिएको छ। शिशु कस्को हो भनेर केही नखुलेको गौशाला प्रहरीले जनाएको छ।