अमेरिका र दक्षिण कोरियासँग रुष्ट उत्तर कोरियाले क्षेप्याष्त्र परिक्षण गर्‍यो


काठमाडौं, फाल्गुन १८ । उत्तर कोरियाले समुद्रमा दुई वटा छोटो दुरीका क्षेप्यास्त्र प्रहार गरेको दावी दक्षिण कोरियाले गरेको छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उत्तर कोरियाले पश्चिमी शहर नाम्पोबाट आज विहान १० मिनेटको अन्तरालमा दुई वटा क्षेप्याष्त्र परीक्षण गरेको हो । justify;">४ सय ९० किलोमिटर दुरीमा मार हान्न सक्ने क्षेप्याष्त्र जापान नजिकको समुद्रमा खसेको बताईएको छ । दक्षिण कोरियाले अमेरिकासँगको संयुक्त सैन्य अभ्यास सुरु गरेपछि उत्तर कोरियाले पनि जवाफ स्वरुप क्षेप्याष्त्र परिक्षण गरेको हो । अमेरीका र दक्षिण कोरिया विचको वार्षीक सैन्य अभ्यासको उत्तर कोरियाले विरोध गर्दै आएको छ । दक्षिण कोरियाले यसलाई स्वभाविक सैन्य अभ्यास भन्दै आएको छ भने उत्तर कोरियाली आफ्नो सम्प्रभुता माथिको हस्तक्षेपको रुपमा बुझेको छ ।




प्रतिक्रिया दिनुहोस्...