072 बैशाख ८ गते दुई सय बर्षयताकै सबैभन्दा शुभ दिन
आउँदो बैशाख आठ गते करिब दुईसय बर्ष यताकै शुभ दिन रहेको ज्योतिषहरुले बताएका छन् । भारतीय ज्योतिषहरुले आउँदो अक्षय तृतीया एक सय ९१ बर्ष यताको सबैभन्दा शुभ दिन रहने दावी गरेका हुन् ।
बैशाख मासको शुक्ल पक्षको अक्षय तृतिया बैशाखको ८ गते मंगलबार दिन कृतिका नक्षत्र, सौभाग्य योग, बृष राशिमा चन्द्रमा आउनेछ । यो दिन बिहान देखी राती सम्म शुभ संयोग रहने ज्योतिषहरुको भनाई छ ।
