बारामा बस दुर्घटना,३ जनाको मृत्यु,२०घाइते


पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पिलुवास्थित पसाहा खोला नजिक मंगलबार बिहान यात्रीवाहक बस पल्टिँदा तीन जनाको घृत्यु भएको छ ।त्यस्तै दुर्घटनामा पर्दा २० जना घाइते भएका छन । काठमाडौबाट सर्लाहीको मलंगवाकालागी छुटेको ना ४ ख ४५१६ नम्बरको बस पल्टिँदा एक महिला र दुई पुरुष गरि तीन जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरुको सनाखत भएको छैन। दुर्घटनामा परी २० जना घाइते भएको र जस्मा ५ जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय निजगढले जानकारि दिएको छ । घाइतेहरुको निजगढ अस्पतालमा उपचार भइरहेको छ ।चालक निदाएका कारण बस पल्टिएको यात्रीहरुको आरोप छ ।






प्रतिक्रिया दिनुहोस्...