मोदीले कोइरालालाई ट्रान्जिटमै फोन गरे,जे गर्ने पनि तयार


१२ वैशाख,काठमाडौं । नेपालमा भुकम्पले ठुलो क्षति पुर्याए लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली प्रधानमन्त्री सुशील कोइरालाई फोन गरेका छन्। नेपाल फर्कने क्रममा बैंकक ट्रान्जिटमा रहेका कोइरालालाई त्यही फोन गरेर मोदीले जस्तो सुकै सहयोगका लागि भारत तयार रहेको बताएका हुन्।

भारतीय प्रधानमन्त्री मोदीले ट्विट गर्दै यस्तो जानकारी गराएका हुन्।
प्रधानमन्त्री सुशील कोइराला इण्डोनेशियाको जाकार्तमा आयोजित एक कार्यक्रममा भाग लिन त्यसतर्फ गएका थिए। उनी सकेसम्म चाँडो नेपाल फर्कने तयारी गर्दैछन्।





प्रतिक्रिया दिनुहोस्...