पूर्वरानीको मुटुमा दुईवटा स्टेन्ट राखियो
काठमाडौं : उपचारको क्रममा दिल्लीमा रहेकी पूर्वरानी कोमल शाहको मुटु शल्यक्रिया दिल्लीस्थित फोटिज एक्सर्ट हार्ट इन्स्टिच्यूटमा सफलतापूर्वक सम्पन्न भएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फडिराज पाठकका अनुसार पूर्वरानी शाहको मुटुमा दुईवटा स्टेन्ट राखिएको छ। उनको स्वास्थ्यमा क्रमिक सुधार भएको छ। उपचारकै क्रममा केही दिन र त्यसपछि पनि चिकित्सकको निगरानी आवश्यक पर्ने भएकोले केही समय पूर्वरानी शाह दिल्लीमै रहने पाठकले बताए।
कोमलको उपचारको रेखदेखका लागि पूर्वराजा शाह पनि केहीदिनदेखि दिल्लीमै रहेका छन् । अझै केही समय त्यही रहने बताइएको छ। मुटुमा समस्या देखिएपछि पूर्वरानी शाहलाई बुधबार अस्पतालमा भर्ना गरिएको थियो।
