२२ घण्टा पछि उद्धार गरिएको बालकलाई पाल्ने राजेशको चाहना


काठमाडौं :  गायक राजेश पायल राईले २२ घण्टा पछि जिवितै उद्धार गरिएको ४ महिने बालकलाई पाल्ने चहाना गरेका छन्  । उनले बालकको अवस्था बारेमा जिज्ञाशा राख्दै उनलाई सहयोगको इच्छा देखाएका हुन् । उनले ‘बालक कहाँ ? कस्तो अवस्थामा छ ?’ थाहा दिन आग्रह समेत गरेका छन् । उनले आफ्नो फेसबुक वालमा फोटो पोष्ट गदै भनेका छन्, ‘यो बालक या बालिका कुन अवस्था मा जहाँ छन, म पाल्न तयार छु ।’
earthquake in Nepal G
राजेशले पाल्न चाहेका बालक उद्दारपछि ।
शनिबार महाभूकम्पमा परेका बालकलाई आइतबार विहान १० बजे भक्तपुर –४ मूलढोकाका श्याम अवालका चार महिनाका छोरा सोनित अवाललाई सेनाको उद्धार टोलीले जिवितै उद्धार गरेको हो । घर लडेर शिशु पुरिएपछि श्यामले उद्धारकर्मीलाई खबर गरेका थिए । निरन्तर प्रयासगर्दा पनि शिशुलाई निकाल्न नसकेपछि राति १२ बजे उद्धारकर्मी फेरि आउँछौ भन्दै शिशुलाई छाडेर गएका थिए । त्यसबेला श्यामले आफ्नो छोराको जिवितै उद्धार हुने हो वा होइन् भन्ने छुट्टयाउन सकेका थिएनन् ।
सेनाको उद्धार टोलीले छाडेर गएपछि शिशु रोएको आवाज फेरि सुनियो । सेनाको टोली पनि फेरि आयो । निरन्तरको प्रयासपछि विहान १० बजे शिशुलाई सकुशल निकालेका थिए ।  शिशुको अवस्था अहिले सामान्य रहेको उनका बाबु श्याम अवालले जानकारी दिए । भक्तपुर अस्पतालमा उनको उपचार भएको छ । गायक बालकको सबै परिवार महाभूकम्पमा परेको अनुमान सहित पाल्ने इच्छा देखाएका हुन् । तर, यो बालकको परिवार सकुसल छन् । गायक राईलाई अन्य बुवाआमा बितेका शिशु सिफारिस गर्ने की ?





प्रतिक्रिया दिनुहोस्...