१२८ घण्टापछि बर्दियाकी एक महिलाको गोङ्गबुबाट जीवितै उद्दार


शनिबार गएको महाभूकम्पमा परी पुरिएकी एक महिलाको १२८ घण्टापछि काठमाण्डौँको गोङ्गबुबाटै जीवितै उद्दार गरिएको छ।
        उद्धारपछि स्ट्रेचरमा राखेर महिलालाई अस्पताल लैजादै उद्धारकर्मीहरु (तस्बिर: ईकान्तिपुर)

काठमाडौं, वैशाख १७ - शनिबार गएको महाभूकम्पमा परी पुरिएकी एक महिलाको १२८ घण्टापछि काठमाण्डौँको गोङ्गबुबाटै जीवितै उद्दार गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र इजरायली उद्दार टोलीले नयाँ बसपार्कमा रहेको जनसेवा गेष्ट हाउसबाट बर्दियाकी २४ वर्षीया कृष्णदेवी खड्काको जीवितै उद्दार गरेको हो ।

आज बिहानै मात्रै त्यही क्षेत्रमा रहेको हिल्टन गेष्ट हाउसबाट १२० घण्टापछि नुवाकोटका १५ बर्षीया किशोर पेम्बा लामाको उद्धार गरेको थियो भने सोही क्षेत्रबाटै हिजो पनि ८४ घण्टापछि एक व्यक्तिको उद्धार गरिएको थियो ।  





प्रतिक्रिया दिनुहोस्...